सर्वोच्चमा आजदेखि गोला प्रणालीबाट इजलास र पेसी



न्युज अफ नेपाल,  काठमाडौं ।

सर्वोच्च अदालतमा आज बुधबारबाट गोला प्रणालीमार्फत इजलास र पेसी तोकिँदैछ । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले इजलास र पेसी तोक्दै आएका थिए अब पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ अनुसार गोल प्रथाबाट हुन लागेको हो ।

प्रधानन्यायाधीश जबराले पेसी र इजलास अधिकारको दुरुपयोग गरेको भन्दै न्यायाधीश र कानुन व्यवसायीले नै विरोध गरेपछि गोल प्रथाविधिबाट गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्