कांग्रेस नेता जोशीको गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा



गण्डकी ।

नेपाली कांग्रेसका नेता अर्जुनप्रसाद जोशीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । पोखरामा आज उम्मेदवारी घोषणा गर्दै उहाँले गण्डकी प्रदेशमा पार्टी सङ्गठन बलियो बनाउन, कांग्रेसको पहिचन राख्न सक्ने उम्मेदवार बन्न साथीहरूले आग्रह गरेकाले अगाडि बढेको बताउनुभयो ।

कांग्रेसको अधिवेशन केवल पार्टीका लागि मात्र नभई नेपालको राष्ट्रियतालाई बलियो बनाउनुको साथसाथै जनताको अधिकार स्थापित गर्नका लागि कोसेढुङ्गा सावित हुनुपर्ने उहाँले बताउनुभयो ।

अधिवेशन कसैको जित हारभन्दा पनि कांग्रेसलाई जनताको पार्टी बनाउने र जनताको बीचमा स्थापित गराउने अभियानमा रहेको उहाँले स्पष्ट पार्नुभयो । पर्वतमा लामो समय पार्टी सभापतिको जिम्मेवारी सम्हालेका पूर्वसांसद जोशी हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्