पूर्वआइजिपी बोहरा कांग्रेस महाधिवेशन प्रतिनिधि चयन



न्युज अफ नेपाल, अछाम। 

पूर्वप्रहरी महानिरीक्षक(आइजिपी) मोतीलाल बोहरा नेपाली कांग्रेसकाे महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । कांग्रेसकाे १४ औँ महाधिवेशनअन्तर्गत अछाम क्षेत्र नम्बर १ बाट बोहरा  ३४१ मतसहित विजयी भएका हुन् ।

उनले खस आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए ।  खस आर्यतर्फ पुरुषमा सबैभन्दा बढी तपेन्द्र खड्काले ४०९ मत ल्याएका छन् । यस्तै जयन्द्र बहादुर स्वाँरले ३६४ र हर्षप्रसाद भट्टले १७९ मत ल्याएर विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्