नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम सम्पन्न



काठमाडौं ।

नेपाली सेना र अमेरिकी सेनाबीच आज (मंगलबार) संचालन भएको संयुक्त तालिम “ पूर्व टीक नेल२२ ” को छाउनीस्थित एक कार्यक्रमकाबीच बलाध्यक्ष रथी सरोज प्रताप राणाले सम्पन्न गर्नु भएको छ ।

मित्रराष्ट्र अमेरिकाका महामहिम राजदूत रेन्डी डब्ल्यू बेरी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक निरन्जन कुमार श्रेष्ठ, श्री युद्धकार्य विभागका प्रमुख  निर्मल कुमार थापा लगायत नेपाली सेना तथा अमेरिकी सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।

उक्त तालिम नेपाली सेनाबाट विपद् व्यवस्थापनमा खटिदै आइरहेको प्रकोप मूल्याङ्कन र प्रतिक्रिया टोली (DART) बाट ४५ जना र अन्य सम्बद्ध निकायहरुबाट ४ जना गरी जम्मा ४९ जना तथा अमेरिकी सेनाका १७ जना गरी जम्मा ६६ जना सम्मिलित गराई काठमाडौं , पोखरा र अन्नपुर्ण वेश क्याम्प ईलाकामा संचालन भएको थियो ।

तालिममा शिक्षार्थीहरुलाई जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिईएको थियो ।  पोखरामा संचालन भएकोसमापन व्यायामको बलाधिकृत रथी बालकृष्ण कार्कीले समेत निरीक्षण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्