स्विडेनकी प्रथम महिला प्रधानमन्त्री एक सातामा दोस्रो पटक निर्वाचित



स्टकहोम ।

स्विडेनकी पहिलो महिला प्रधानमन्त्री माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । गत बुधबार पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकी अन्डेर्सन मङ्गलबार दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।

अघिल्लो पटक स्विडेनको संसद्ले उहाँलाई प्रधानमन्त्री बनाएको थियो । तर उहाँलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उहाँले एक दिनमै राजीनामा दिनु परेको थियो ।

समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उहाँको बजेट संसद्बाट पारित नहुने भएपछि उहाँले राजीनामा दिनु भएको थियो । त्यसअघि अर्थमन्त्री रहनु भएकी अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृसमेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्