अछाममा बस दुर्घटना, १२ जना घाइते



न्युज अफ नेपाल, अछाम ।

अछाममा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बस पल्टिएर उल्टो फर्किएकाले दुई जना च्यापिएका छन् । उनीहरुलाई उद्धारको कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको बस कैलाश खोला  नजिक दुर्घटना भएको हो ।

उद्धार गरिएका घाइते १० जनामध्ये ६ जनालाई जिल्ला अस्पताल मंगलसैन र ४ जनालाई बयालगडा अस्पताल लगिएको प्रहरीले बताएको छ । बस दुर्घटनाबारे पूर्ण विवरण आउन बाँकी छ ।

फोटो सौजन्य : बान्नीगढी टुडे

प्रतिक्रिया दिनुहोस्