त्रिविका शिक्षकले एक पटक परीक्षामा भिड्न पाउने



न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले आंशिक शिक्षकलाई एक पटकको  परीक्षामा भिड्न पाउने अन्तिम मौका दिइएको छ ।  त्रिविको हिजो बसेको सिनेटको बैठकले परीक्षामा सहभागि हुँदा उमेर हद नलाग्ने निर्णय गरेको छ । विश्वविद्यालयको आज बसेको त्रिवि सभा(सिनेट)को बैठकले सो निर्णय गरेको हो । देशभरका आंशिक शिक्षकले स्थायी हुनुपर्ने माग गर्दै त्रिविउपकुलपति कार्यालयमा धर्ना दिँदै आएका थिए ।

 नेपाली कांग्रेस निकट प्राध्यापक संघको निर्देशनमा उनीहरु धर्ना बसेका हुन । देशभरका आंगिक क्याम्पसबाट काठमाडौँ आएका आंशिक शिक्षकले स्वतः वा विशेष विज्ञापन खुलाएर स्थायी नियुक्ति दिन माग गरेका छन् । सो मागलाई सम्बोधन गर्ने क्रममा सिनेटको बैठकले बिसं २०७९मा विशेष विज्ञापन गर्दा ती शिक्षकलाई उमेर हद नलाग्ने निर्णय गरेको छ ।

 त्यस्तै करार शिक्षकलाई विशेष विज्ञापन खुलाएर स्थायी प्रक्रिया अघि बढाउने निर्णय भएको थियो । बैठकमा बोल्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविको खासलाई अझै उचाइमा पु-याउन सबैको सहयोग रहेको बताउनुभयो । करिब ५ मिनेट बोल्ने क्रममा उहाँले लामो समयदेखि देखिएका शिक्षक र कर्मचारीको समस्या समाधान गर्न निर्देशन दिनुभएको थियो ।

 बैठकले लामो समयदेखि करारमा कार्यरत कर्मचारीलाई विशेष व्यवस्था गर्ने निर्णय गरेको छ । कार्यालय सहयोगी वा सो सरहको कर्मचारीको हकमा १० वर्ष सेवा गरेकालाई स्थायी गर्ने उल्लेख छ । अन्य कर्मचारीको विषयमा कुनै निर्णय भएन । बैठकमा आर्थिक वर्ष २०७८-०७९ को बजेट, नीति तथा कार्यक्रम पारित गरिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिविमा  देखिएको समस्या समाधान गर्न आफू तयार रहेको बताउनुभयो । बैठकमा उपकुलपति प्राडा धर्मकान्त बास्कोटा, रजिस्ट्रार पेशल दाहाल र शिक्षाध्यक्ष शिवलाल भुषालले आफ्नो विषयमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्