एमाले महाधिवेशन : रावललाई फराकिलो मतअन्तरसहित ओली अगाडी



न्युज अफ नेपाल, काठमाडौं ।

 नेकपा एमालेको जारी नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम आइरहेको छ। मत परिणाम अनुसार ओलीले१ हजार ९ सय मत ल्याउँदा रावलको पक्षमा १ सय ९६ मत मात्रै झरेको छ।

निर्वाचन आयोगका अनुसार ओलीले रावललाई धेरै फराकिलो मतले पछि पारेका हुन्। अहिले सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फ्रेन्स हलमा मतगणना भइरहेको छ।  एमालेमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। जसमा दुई हजार ९६ मत खसेको छ। अध्यक्षमा केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच प्रतिस्पर्धा भएको छ। एमालेको नेतृत्व चयनका लागि मंगलबार बिहान ४ बजेदेखि मतदान भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्