‘समुन्नत नेपाल सम्पन्न नागरिक’ को पक्षमा संग्रौला



नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति नजिकिँदै छ । मिति नजिकिएसँगै देशैभर चुनावी माहोल तातोको छ । यसै सन्दर्भमा रहेर नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलासँग नेपाल समाचारपत्रका लागि भूपराज बस्यालले गरेको कुराकानी:

नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै गएको छ, यो महाधिवेशनमा पार्टीको कुन स्थानमा रहेर काम गर्ने गरी तयारी थाल्नुभएको छ ?

पार्टीमा लामो समय विभिन्न भूमिकामा रहेर काम गरें, त्यसरी काम गर्दा धेरै कार्यकर्ताको चाहना बुझ्ने मौका मिल्यो र आम कार्यकर्ताले अबको कांग्रेस कस्तो चाहन्छन् भन्ने राम्रोसँग बुझेकी छु ।

कार्यकर्ताको चाहनाअनुसारको अब नेपाली कांग्रेस बनाउनका लागि मैले आउँदो महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छु ।

कार्यकर्ताले कस्तो कांग्रेस चाहेका रहेछन् त ?

देश कस्तो बनाउने भन्ने राजनैतिकसँग जोडिएको हुन्छ । अर्थात् देशको भविष्य राजनैतिक दलसँग जोडिएको हुन्छ देशको भविष्यसँगै तपाईं हाम्रो अथवा तपाईं हाम्रो पुस्ताको भविष्य जोडिएको हुन्छ । अनि तपाईं हामीले चयन गरेका राजनैतिक नेतृत्वको हातमा देशसँगै तपाईं हाम्रो भविष्य जोडिएको हुन्छ ।

अहिले हाम्रो पुस्ताको भविष्य निर्माण गर्ने बेला हो । यो नेपाली कांग्रेसका कार्यकर्ताले राम्रोसँग बुझ्नुभएको छ । त्यसैले नेपाली कांग्रेसको नेतृत्व सक्षम र सबल आम कार्यकर्ताको रोजाइ बनेको छ । नेतृत्व हस्तान्तरण, अग्रजको सम्मान गर्दै युवा पुस्ताको सहभागिता, बौद्धिक व्यक्तिको उल्लेखनीय सहभागिता, भोलि मन्त्री अथवा प्रधानमन्त्री बनेर देशको भविष्य कोर्न सक्ने सक्षम व्यक्ति रोज्नुपर्ने आम कार्यकर्ता बुझेको पाएको छु ।

त्यसैले आम कार्यकर्ताको बुझाइलाई मध्यनजर गर्दै कार्यकर्ता अथवा आम नागरिकको अपेक्षाअनुसार काम गर्न सकिन्छ भन्ने दृढ संकल्पका साथ मैले उम्मेदवारी घोषणा गरेकी हुँ ।

तपाईंले चुनाव जित्ने आधार के हो ? सहमहामन्त्री भइसकेपछि कस्तो कांग्रेस बनाउन चाहनुभएको छ ।

चुनाव जित्ने पहिलो मेरो आधार त अहिलेसम्म पार्टीमा दिएको योगदान नै हो । देश र जनताका लागि मैले दिएको योगदानले मात्रै पुग्दैन । हिजो योगदान दिएको हो भनेर मात्रै अब चल्दैन अब कार्यकर्ताले नेतृत्वको हिजो, आज, भोलि सबै मूल्यांकन गर्न सक्ने भइसकेका छन् ।

मैले विगतमा देश जनता र पार्टीप्रति गरेको योगदान र अहिलेको मेरो सक्रियता सबैलाई अवगत भएकै कुरा हो । यो आम कार्यकर्ताले राम्रोसँग बुझ्नुभएको छ । मैले माथि भनिहालें हिजो र आजलाई मात्रै बुझेर हुँदैन भनेर, त्यसैले देश र जनता अर्थात् आम कार्यकर्ताको आवश्यकताअनुसार आफूले परिणाम दिन सक्ने केही एजेन्डा अगाडि सारेकी छु ।

तपाईंका एजेन्डाचाहिँ के–के छन् ?

‘समुन्नत नेपाल सम्पन्न नागरिक’ बनाउने उद्देश्यका साथ सहमहामन्त्री पद अगाडि सारेकी हुँ । यसका लागि देशको आर्थिक पक्षसँगै राजनीति र सामाजिक पक्ष बलियो हुनु आवश्यक छ । मेरो एजेन्डा पूरा गर्नलाई पहिलो सुधार भनेको राजनैतिक सुधार आजको आवश्यकता हो । किनभने देशको समग्र विकास र समृद्धिको मियो राजनीति नै हो ।

दोस्रो एजेन्डा भनेको आर्थिक सुधार हो राजनीतिक सुधार सँगसँगै आर्थिक सुधार पनि हुनु जरुरी छ । राजनीतिज्ञ आर्थिकरूपमा सबल हुन नसक्दा राजनीतिक दुर्गन्धित हुन पुगेको छ । भोको पेट र नांगो शरीरले राजनीतिक आदर्शता प्राप्त गर्न कठिन हुन्छ । त्यसले आर्थिक सुधार गरेर हरेक नेपालीको गाँस, बास र कपास, शिक्षा, स्वास्थ रोजगार ग्यारेन्टी गर्नुु छ यो संविधानले प्रबुद्ध गरेको मौलिक अधिकार पनि हो । त्यसैले यो सुधार हुनुहुन्छ जरुरी छ ।

तेस्रो मेरो बुँदा हो समाजिक सुधार, आज पनि समाजमा विभिन्न प्रकारका भेदभाव विद्यमान छन् । लिंग, वर्ण, धर्म, जातिको नाममा हत्या, हिंसा, बलात्कार समाजमा विद्यमान छन् । सामाजिक विभेद पनि अहिले पनि छदै छ यसलाई अन्त्य गर्ने उपाय भनेको उच्च शिक्षा रोजगारीको अवसर जनचेतना हो । चौथो एजेन्डा भनेको पार्टीको सुदृढीकरण हुनुप-यो ।

यही अवस्थामा पार्टी चल्न सक्दैन यसका लागि पाटीमा पुराना र इमानदार कार्यकर्तालाई अवसर, सम्मान, बौद्धिक समुदायलाई उचित भूमिका, पार्टीका सदस्यहरुको आवधिक संवाद, पार्टीमा महिला, दलित, जनजातिलगायतको प्रतिनिधित्वताको सुनिश्चितता गर्न आवश्यक छ ।

अर्काे एजेन्डा भनेको आन्तरिक लोकतन्त्रको सुदृढीकरण र अर्काे मुद्दा हो आर्थिक समुन्नति आर्थिक समुन्नतिको प्रमुख आधार धेरै उत्पादन उच्च उत्पादकत्व र कम लागत हो । तुलनात्मक लाभका क्षेत्रको पहिचान अर्काे पाटोे हो ।

क्षेत्रगत प्रमुख कार्यहरू समुन्नत नेपालका लागि पाँच कुरामा जोड दिनुपर्छ कृषि, पर्यटन, जलस्रोत, प्रविधि, पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । रोजगारी सिर्जना गर्नुप-यो, सुशासन पारदर्शिता भ्रष्टाचार नियन्त्रण समाज र निजी क्षेत्रलाई, परिचालन गर्न प-यो ।

अहिलेको राजनीतिक अवस्था कस्तो पाउनुभएको छ र सुधार गर्नुपर्ने भए के गर्नुपर्ला ?

अहिले देशमा सब राजनीति बिग्रेको छ, भद्रगोल छ, त्यसैले राजनैतिक दलमा पारदर्शिता र लोकतन्त्र प्राणालीप्रतिको प्रतिबद्धता हराउँदै गएको छ ।

निर्वाचन प्रणाली महँगो हुँदै गएको छ, यसले लोकतन्त्रलाई घात पुगेको छ । चुनाव प्रचार–प्रसार र टिकट वितरण सही मूल्यांकन हुन सकेको छैन । जनताले पठाएका प्रतिनिधिले पनि अपेक्षाअनुसार काम गर्न सकेका छैनन् ।

त्यसैले यी सबै कुराको सुधार गर्न आवश्यक छ । यी सबै पक्षमा सुधार गर्नका लागि राजनीति सुधार आजको आवश्यकता हो । तबमात्र ‘समुन्नत नेपाल सम्पन्न नागरिक’ नारा सफल हुन्छ ।

नेतृत्व प्राप्तिसँगै नेताहरूले एजेन्डा बिर्सने गरेको पाइन्छ । यहाँले उठान गरेका एजेन्डा कार्यान्वयन हुन्छन् भन्ने आधार के छ ?

एउटा आधारत मैले गरेका विगतमा गरेको काम नै हो, अहिले पार्टीमा ‘जसको नेतृत्व उसैको नीति’ भएको छ । महाधिवेशनको समय पनि पटक–पटक स-यो, नीतिप्रधान गरिने राजनीति मात्रै पार्टी र देश हितमा हुन्छ । त्यसैले सबैभन्दा पहिले नीतिमा चल्ने नेतृत्व स्थापित गर्नु चौधौं महाधिवेशनको मुख्य दायित्व हुन आउँछ ।

अहिले केन्द्रीय नेतृत्व चयन गर्ने सम्पूर्ण प्रतिनिधिलाई नेपाल समाचारपत्रमार्फत एउटा आग्रह छ कि जनतालाई केन्द्रमा राखेर गरिने मात्रै राजनीति हो, म नेतृत्वमा पुगौंला नपुगैंला तर पार्टी नीति ढंगले अगाडि बढ्नुप-यो ।

त्यही नीतिगत ढंगले अगाडि बढाउन मेरो प्रतिबद्धता हो । धेरैले आफ्ना दृष्टिकोण ल्याउनुभयो, धेरैले विचार राख्नुभयो । ती कार्यान्वयन भएनन् । त्यसैले म नेतृत्वमा पुगेपछि जनतालाई केन्द्रमा राखेर नीति बनाउने र त्यही नीतिलाई कार्यान्वयन गर्नेछु ।

महिला सहभागिताका विषयमा कार्यान्वयनमा भन्दा कागजमा बढी भएको पाइन्छ नि । यसमा तपाईं भूमिका कस्तो हुन्छ ?

नेपाल महिला संघको राष्ट्रिय अध्यक्ष भएर पाँच वर्ष काम गरें । त्यही अनुभव कार्यान्वयन गर्न पनि मेरो सहमहामन्त्रमा उम्मेदवारी हो । कानुनले महिलाका धेरै अधिकार प्रत्यभूत गरे पनि ती कागज मात्रै सीमित भएका छन् ।

फेरि कार्यान्वयनको पाटोमा गएकै छैनन् भन्ने चाहिँ हैन । तर, जति अधिकार प्रत्याभूत भएको थियो त्यहीअनुसार महिलाले प्राप्त गरेका भने छैनन् । अहिले पनि समाज महिला हिंसाका घटना व्याप्त छन् । कानुनले बराबर देखे पनि समाजले असक्षमको पगरी कुदाउने गरेका महिला देशको हरेक नीति निर्माणको तहमा पुग्नुपर्छ । त्यसैलाई कार्यान्वयन गर्न समेत मेरो उम्मेदवारी हो ।

जुन जगलाई बलियो बनाउन मेरो उम्मेदवारी रहन्छ, त्यसलाई भुलेर काम गर्न सक्दिन । त्यसैले अन्य एजेन्डाजस्तै महिला सशक्तिको एजेन्डा पनि मेरो प्रमुख एजेन्डा हो ।राजनैतिक दलमा पारदर्शिता र लोकतन्त्र प्राणालीप्रतिको प्रतिबद्धता हराउँदै गएको छ । जनताले पठाएका प्रतिनिधिले पनि अपेक्षाअनुसार काम गर्न सकेका छैनन् ।

यी सबै पक्षमा सुधार गर्नका लागि राजनीति सुधार आजको आवश्यकता हो । राजनीति सुधार भएमात्र ‘समुन्नत नेपाल सम्पन्न नागरिक’ हुनेछन् ।

हिजो योगदान दिएको हो भनेर मात्रै अब चल्दैन अब कार्यकर्ताले नेतृत्वको हिजो, आज, भोलि सबै मूल्यांकन गर्न सक्ने भइसकेका छन् । वर्तमानमा काम गर्न सक्नुपर्छ । देश र जनताका लागि योगदान दिन सक्ने भएकाले नै मलाई सहमहामन्त्रीमा जिताउनुहुनेछ भन्नेमा म ढुक्क छु ।

प्रतिक्रिया दिनुहोस्