एमाले महाधिवेशन : राति २ बजेदेखि मतदान सुरु हुने



न्युज अफ नेपाल, चितवन ।

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि सोमबार राति २ बजेदेखि मतदान सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगको सूचना अनुसार राति २ बजेदेखि बिहान ८ बजेसम्म मतदान हुनेछ ।

मतदान प्रक्रिया सकिए लगत्तै मतगणना सुरु हुने पनि एमाले निर्वाचन आयोगले जनाएको छ । यसअघि राति ११ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया फेरि सरेको हो ।

प्रतिक्रिया दिनुहोस्