जनकपुरधामको पहिचान



प्रदेशनम्बर २ को राजधानीसमेत रहेको जनकपुरधामको पहिचानमाधार्मिक पक्ष सर्वाधिकउचाइमा छ ।देवी सीताको जन्मभूमिजनकपुरधाम नौलखामन्दिर भनेर चिनिने जानकीमन्दिरका कारण नेपालमामात्रहोइन, छिमेकीभारतमापनि प्रसिद्ध छ । यसकै कारण यहाँ दैनिकहजारौं पर्यटक आउँछन् । विवाहपञ्चमी र रामनवमीमात्रहोइन हरेक दिनयहाँ पर्यटकहरू

को आवागमनभइरहन्छ । तर,फोहोर व्यवस्थापनअस्तव्यस्तहुँदादुर्गन्धबाट बच्न नाक थुन्ने कि सीतामाताका अगाडि हात जोड्ने भक्तजनअसजिलोमा पर्दछन् ।
सरकारले समयमा नै दीर्घकालीननीति र योजना अगाडि सार्न नसक्दाजनकपुरको जानकीमन्दिरको दर्शन गर्न आउनेहरूमुख छोपेर हिँड्न बाध्य छन् । धार्मिक सांस्कृतिकएवं ऐतिहासिक क्षेत्रको रूपमापहिचानबनाएको जनकपुरधाममाआउने आन्तरिक एवं बाह्य पर्यटकहरूफोहोरको दुर्गन्धको कारण दिक्कबन्ने गरेका छन् । दुर्गन्धका कारण यसको पौराणिक महिमामा चोट पुगिरहेको छ । मुख्यबजार क्षेत्रमा रहेको सडकको दायाँबायाँफोहोरका डंगुर देखिन्छन् ।

सहजरूपमाजनकपुरधाममा हिँडडुल गर्नसमेत नसक्ने अवस्था छ । फोहोरको कारण जनकपुर दिनप्रतिदिनप्रदूषितबन्दै गएको छ । जनकपुरमा रहेको ऐतिहासिकपोखरीहरूअहिले फोहोर फाल्ने डम्पिङ साइटकारूपमा परिणत हुँदैछन् । खुल्ला चौर र सार्वजनिक स्थलसमेत फोहोरले भरिँदै गएका छन् । यहाँको मिथिला संस्कृति, रहनसहन, धार्मिक मठ मन्दिर, ऐतिहासिकजानकीमन्दिर, सीताको जन्मभूमि, राम र सीताको विवाहभएको स्थललगायतका कारण प्रसिद्ध छ । तर,तीन वटै सरकारको समायोजनामा अगाडि बढनुपर्ने फोहोर व्यवस्थापनको कामभने अगाडि बढन सकिरहेको छैन् । जनकपुरभित्रदेखिएको फोहोरको डंगुर व्यवस्थापन गर्ने कामजनकपुरधामउपमहानगरपालिकाको हो ।

स्थानीय सरकार निर्वाचितभएको पाँचवर्ष पुग्नलाग्दासमेत नगरपालिकाले फोहोर व्यवस्थापनमाकुनै पनि ठोस नीति र योजना अगाडि सार्न चुकेको छ । नगरवासीसँग कर असुल्ने नगरपालिकाले फोहोर व्यवस्थापनको दायित्व र कर्तव्य भुल्दै आएको छ । जथाभावीफोहोर हुँदाबालबालिका, ज्येष्ठ नागरिकलाई कठिनाइ हुने गरेको छ जनकपुर स्वच्छ र सफा रहे नेपालकै प्रतिष्ठा बढ्छ भनेपछि स्थानीय सरकार मात्रहोइन, प्रदेश र संघीय सरकारको समेत यसमागम्भीर ध्यानजानु आवश्यक छ । त्यसो त, नगरपालिकाले मात्रपनिदृढ इच्छा शक्ति देखाएर काम गर्ने हो भने जनकपुरमा देखिएको फोहोर सहजै व्यवस्थापन गर्नसकिन्छ । फोहोर व्यवस्थापनमाआधुनिकप्रविधिहरूभित्रिएका छन् ।

प्रविधिको अधिकतमप्रयोग गरेर नगरपालिकाआसपासको क्षेत्रमा दीर्घकालीनरूपमाफोहोर व्यवस्थापनको काम अगाडि बढाउन सकिन्छ ।सफा र सुन्दर जनकपुर बनाउन सकेको अवस्थामाआन्तरिक एवं बाह्य पर्यटकको संख्यामा समेत वृद्धि हुनेमा कुनै आशंका छैन् । यस क्षेत्रमाहुने छठ, विवाहपञ्चमी, रामनवमीलगायतकापर्वमा लाखौं पर्यटकको घुइँचो लाग्ने गर्छ । तर,विगतलामो समयदेखि समस्याको रूपमा रहेको फोहोर व्यवस्थापनको कामभने अगाडि बढन सकेको छैन । मुख्यजिम्मेवारी रहेको जनपुरधामउपमहानगरपालिकाले तत्काल नै ठोस योजनाबनाएर फोहोर व्यवस्थापनको काम अगाडि बढाउनुपर्छ । नगरपालिकाको अभियानमानगरवासी र सरोकारवालानिकायको पनिध्यानजान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्