एमाले अध्यक्षमा भीम रावलकाे उम्मेदवारी दर्ता



न्युज अफ नेपाल, चितवन ।

भीम रावलले एमालेको जारी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन्। सोमबार बिहान रावलले दशौं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

रावलले आफ्नो अधिकार प्रयोग गरेर उम्मेद्वारी दर्ता गराएको बताए । पार्टीमा कुनै समूह नभएकाले एक्लै उम्मेद्वारी दिएको जानकारी दिए । सहमति जुटन नसकेपछि एमाले नेताद्धय केपी शर्मा ओली र भीम रावल अध्यक्ष पदमा लड्ने भएका छन्।

चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा आइतबार दिनभर रावललाई मिलाउन नेताहरुले निकै मेहनत गरेका थिए। रावल सहमतिमा नआए पछि ओली सर्वसम्मत अध्यक्ष हुन नपाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्