स्टार्ट अप सक्सेस अवार्डबाट खल्ती सम्मानित



काठमाडौं ।

न्युबिजिनेएजद्वारा आयोजित “न्युबिजस्टार्ट अप समिट एण्ड अवार्ड२०२१” माखल्ती (स्प्यारोपेप्रा.लि.) लाईस्टार्ट अपसक्सेस अवार्डद्वारा सम्मानित गरिएको छ।

५वर्षको यात्रामा खल्ती स्टार्टअपबाट एक सफल कर्पोरेट हाउस बनिसकेको छ।हाल कम्पनीमा २३०ं जना खल्ती परिवार छन् भने ६०,०००ं व्यापारी तथा २०लाख खल्तीका प्रयोगकर्ताहरूले खल्तीलाई विश्वास गर्दै आएका छन्।

यस उपलब्धिमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, यस सम्मानको योग्य बन्न पु-याएकाेमा योगदानको लागि सम्पूर्ण खल्ती परिवार,साझेदार, नेपाल राष्ट्र बैंक, व्यवसायी, एजेन्टर प्रयोगकर्ताहरूलाई धन्यवाद दिएका छन् । सहजताको साथ वित्तीय साक्षरतार पहुँच, हरेक नेपालीमा अझ पुग्न केही समय लाग्नेछ। प्रयोगकर्ताहरू सामु नपुगुन्जेल हामी कडा परिश्रम गरिरहने छौं।”

खल्ती नेपालको फिनटेक उद्योगमा एक युवा मैत्री, प्रचलित र नवीन ब्रान्ड बन् नपुगेको छ।हाल, लाखौं मानिसहरू नियमित रूपमा स्वयम् एजेन्टनेटवर्क मार्फत विभिन्न बिल भुक्तानी सेवाहरूको लागि व्यापक रूपमा प्रयोग गर्छन्।प्रयोग कर्ताहरूले विभिन्न बिल भुक्तानी सेवाहरू, मोबाइलर रिचार्ज, उडान र होटेल बुकिङ, चलचित्रर कार्यक्रम टिकट, पत्रिकाको शब्स्क्रिप्शन , अनलाइन सपिङ साइट भुक्तानीहरू, र विभिन्न अन्य डिजिटल भुक्तानी सेवाहरूबीच बीमा प्रिमियम भुक्तानी सेवाहरू प्रयोग गर्न सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्