थप २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं। 

नेपालमा शुक्रबार २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ८ सय २९ पीसीआर परीक्षणका क्रममा २ सय ४२ जना र २ हजार ६ सय १७ एन्टिजेन परीक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १५ हजार ९ सय ७९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय २ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १ हजार ७ सय २२ संक्रमित निको भएका छन् । हाल नेपालमा ७ हजार २ सय ८७ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारिन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्