एमाले महाधिवेशन उद्घाटनमा ‘प्रचण्ड’ नजाने



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ नजाने भएका छन् । अध्यक्ष प्रचण्डको सो दिन अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले जान नसक्ने माओवादी निकट स्रोतले बताएको छ। यद्यपि एमाले महाधिवेशनमा पार्टीबाट प्रतिनिधि भने पठाइने छ । यसबारे पार्टीमा छलफल भइरहेको छ ।

केही दिनअघि एमाले नेता राजन भट्टराईले प्रचण्ड निवास खुमलटार पुगेर महाधिवेशनको उद्घाटनमा सहभागी हुन निम्तो दिएका थिए।सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने एमाले महाधिवेशन उद्घाटनमा जाने भएका छन् ।

देउवासहित अन्य राजनीतिक दलका नेताहरु समेत चितवन जाने बताइएको छ । एमाले राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनको भरतपुरमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्