न्युरोडमा ‘महर्जन कम्प्लेक्स’ खुल्यो, युनेस्कोले गर्‍यो प्रशंसा



न्युज अफ नेपाल, काठमाडौं ।

न्युरोडमा सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ । उक्त कम्प्लेक्स महर्जन बिजनेस एसोसिएटले निर्माण गरेको हो । दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण उक्त योजना ढिलो भएको थियो ।

हाल कम्प्लेक्सका पसलहरु सञ्चालन आइसकेको कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनले बताए । व्यवसायीले व्यवसाय सञ्चालनपूर्वका तयारी एवं सजावटको काम धमाधम गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत प्रशंसा गरेको कम्प्लेक्सका केही कबल खरिद तथा भाडाको लागि उपलब्ध रहेको पनि उनले जानकारी दिए । उनका अनुसार उक्त कम्प्लेक्सको स्पेस आफ्नै स्वामित्वमा रहने गरी खरिद गर्न सकिन्छ ।

कतिपय व्यवसायीले स्पेस किनेर र कतिपयले भाडामा लिएर व्यवसाय सुरु गरिसकेको तथा सुरु गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । व्यवसाय सञ्चालनको हिसाबले उक्त कम्प्लेक्स सहरकै सबैभन्दा अब्बल ठाउँमा रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्