इमेजमा नेपाल्स सिंगिङ सुपरस्टार



इमेज टिभी एचडीबाट नयाँ रियालिटी शो प्रसारणमा आउने भएको छ। भ्वाइस स्टार नेपालप्रालिले निर्माण गर्ने नेपाल्स सिंगिङ सुपरस्टार इमेजबाट प्रसारण हुने भएको हो।

यसकालागि सोमबार इमेज टिभी एचडी र भ्वाइस स्टार नेपाल प्रालिबीच सम्झौताभएको छ। इमेज एचडीका तर्फबाट कार्यकारी अधिकृत महेन्द्र विष्ट र नायव महाप्रबन्धक सुरेश शर्मा तथा भ्वाइस स्टार नेपालका तर्फबाट क्रियटिभ डाइरेक्टर रविश्रेष्ठ र सुरज जोशीले सम्झौतामा हस्ताक्षर गरेका छन्।

नेपाल्स सिंगिङ सुपरस्टारमा सांगीतिक क्षेत्रमा संघर्षरत गायक-गायिका तथा दूरदराजमा रहेका प्रतिभालाई स्थान दिइने निर्देशक रविश्रेष्ठ बताए । रविका अनुसार शोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिस्पर्धीहरूको छनोट गरिनेछ । डिजिटल अडिसन पुसको पहिलो साताबाट खुल्ला हुने छ। डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइने छ ।

२५ श्रृंखला सम्म चल्ने प्रतिस्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउने उनले बताए। विजेताको घोषणा दर्शकले दिएको भोटका आधारमा नै हुनेछ ।शोका निर्णायकहरू पक्का भइसकेका छन्। तर, प्रचारका लागि गेस द जजेज क्याम्पेन हुनेछ । उक्त क्याम्पेनमा विजयी हुनेले पनि उचित पुरस्कार पाउने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्