थप ३५१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३५१ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १० हजार १७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ८ हजार ७२९ जनाको पिसिआर परीक्षण र १४४५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ७ हजार ३०० जना सक्रिय संक्रमित छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ। २७३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्