बारले सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल बार एसोसिएसनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । बिहीबार दिउँसो २ बजे सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए।

बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई राजीनामा दबाब दिन मार्चपास गर्न लागेको बताए।

बारले सोमबार प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन माग गर्दै विभिन्न दललाई ज्ञापन पत्र बुझाएको थियो। प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बहसमा नर्फकिने बारले बताएको छ। छ।

प्रतिक्रिया दिनुहोस्