जाडोबाट कसरी बच्ने ?



जाडो महिनामा मानिस चिसोबाट बच्ने उपायका खोजीमा हुने गर्छन् । चिसोबाट बच्न मानिसहरु धेरै खर्च गर्ने गर्छन् । जाडो मौसममा रोग फैलाउने भाइरसबाट जोगिन अनावश्यकरूपमा मुखमा हात राख्नुहुँदैन । नाक र आँखा मिच्ने गर्दा पनि रोग सर्न सक्छ । दिनमा धेरैपटक साबुन–पानीले हात धुनुपर्छ । जाडोमा दैनिक १२ गिलास पानी पिउन चिकित्सकले सल्लाह दिन्छन् । जुस, लस्सी, दूधजस्ता तरल पदार्थ पिउँदा पनि लाभदायक हुन्छ ।

चिसोमा ज्वरो र रुघा लाग्दैमा औषधि सेवन गर्न हुँदैन । सकभर बाफ लिएर घरेलु विधिबाटै रोग नियन्त्रण गर्न सकिन्छ । सामान्य अवस्थामै औषधि खाने बानी गर्न हुँदैन । चिसोबाट बच्न तेलको मालिस उत्तम उपाय हो । शरीरलाई गरम गराइराख्ने उपयुक्त प्रविधि भएकाले तिल, जैतुन, तोरीको तेलले शरीरमा मालिस गर्नुपर्छ ।तेल लगाएर मसाज गर्नाले चिसो लाग्नबाट जोगाउनुका साथै शरीरलाई न्यानो पनि बनाइराख्नुपर्छ । बिहानको घाममा तेल लगाई मालिस गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ । घाममा बस्दा जाडोबाट सुरक्षित हुनुका साथै भिटामिन ‘डी’ पाइन्छ । जाडो याममा शरीर अल्छी हुने भएकाले घाम ताप्नाले शरीरमा स्फूर्ति आउँछ ।

जाडो मौसममा ऊनीका बाक्लो ज्याकेट लगाउनु राम्रो हुन्छ । गाडीमा यात्रा गर्दा शरीरमा हावा नपस्ने किसिमका लुगा लगाउनुपर्छ । यसले शरीरभित्र चिसो पस्नबाट जोगाउँछ । त्यस्तै जाडोबाट बच्न तल उल्लिखित कुराहरु खानुपर्छ ।

तिल: तिल हाम्रो भन्सामा सहजै पाइने खानेकुरा हो । जाडो महिनामा यसको प्रयोग गर्दा यसले शरीरलाई न्यानो मात्र हैन हाम्रो पाचन प्रणाली पनि सफा राख्छ ।

दालचिनी: दालचिनी हामीले सधैँ प्रयोग गर्ने मसलाहरुमा मिलाएर खाँदा फाइदा हुन्छ । अझ जाडो महिनामा तातो दूधमा सखर र दालचिनी मिसाएर खाँदा जाडो र चिसोबाट हुने रोग लाग्न दिँदैन ।

लसुन: लसुनमा प्रशस्त मात्रामा एन्टिबेक्टेरियल र एन्टिभाइरल गुण हुन्छ । यसले हामीलाई न्यानो राख्नुका साथै हाम्रो शरीरमा भएको

कोलेस्ट्रोल पनि घटँँउछ । लसुनको नियमित सेवनले गर्दा टाउकोमा हुने समस्या पनि कम गर्छ ।

बदाम: जाडो महिनामा नियमित बदाम खानाले शरीर न्यानो हुन्छ । यसले श्वास–प्रश्वासमा हुने समस्याबाट पनि छुट्कारा दिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइने हुँदा मोटोपन घटाउन पनि मद्दत गर्दछ ।

अदुवा: अदुवामा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट्स पाइन्छ, जसले चिसो आयाममा स्वस्थ रहन सहयोग गर्दछ । यसका साथै यसले शरीरमा बढी भएको प्रोटिनलाई घटाउनुका साथै एसिडिटी र मेटाबोलिजमबाट हुने सबै खालका समस्या हटाउन मद्दत गर्दछ ।
– सरु थापा, कलंकी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्