बुनुको प्रभु नाम जप



गायिका बुनु श्रेष्ठ फरक सांगीतिक कोसेलीका साथदर्शक श्रोतामा झ प्रस्तुत भएकी छिन्। बुनुले हालै प्रभु नाम जपबोलको आध्यात्मिक गीत हालै सार्वजनिक गरेकी छिन्। गीतमा डा. गोविन्द टण्डनको शब्द तथा सजल न्यौपानेको संगीत रहेको छ। गीतमा मानव सेवा गर्नुपर्छ र उमेर छँदै भगवान्को ध्यान र भक्तिको मार्गमालाग्नुपर्ने सन्देश दिइएको छ।

गीतको भिडियोमा बुनु स्वयंले अभिनय गरेकी छिन्, जहाँ उनलाई आध्यात्मिक रूपमा विभिन्न ज्ञानको सन्देश छर्दै र दीन–दुःखीको सेवा गरिरहेको देख्न सकिन्छ। गीतको म्युजिक भिडियोमा पशुपति श्रेष्ठको छायांकन तथा सम्पादन रहेको छ भने महेश्वरमान श्रेष्ठको मिक्सिङ र मास्टरिङ रहेको छ।

प्रतिक्रिया दिनुहोस्