सर्वोच्चमा अब गोला प्रथाबाट पेशी तोकिने, राजपत्रमा सूचना प्रकाशित (पूर्णपाठसहित)



न्युज अफ नेपाल काठमाडौं ।

प्रधानन्यायाधीश हटाउने अभियानको नेतृत्व गरेका बरिष्ठतम न्यायाधीशहरूको इच्छाविपरीत सर्वोच्च अदालतमा अब स्वचालित पेशी प्रणाली लागू हुने भएको छ ।

सोमबार नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो । राजपत्रमा सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको छ ।

गोला प्रक्रिया सन्चालन गर्ने प्रमुख जिम्मेवारी सर्वोच्च अदालतका मुख्य रजिष्टारलाई दिइएको छ । साथै यो प्रक्रियामा सबै भन्दा महत्वपूर्ण जिम्मेवारी सर्वोच्च प्रशासनले पाएको छ । यद्यपि, यसलाई औपचारिकता दिन सर्वोच्च अदालतको ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्ने छ ।यसअघि प्रधानन्यायाधीशले पेसी व्यवस्थापन गर्ने गरेकोमा अब पेसी व्यवस्थापन निर्देशन समितिले गर्नेछ ।

हेर्नुहोस् पूर्णपाठ

सर्वोच्च अदालत दोश्रो संशोधन नियमावली २०७८

 

प्रतिक्रिया दिनुहोस्