कैलालीमा चक्कु प्रहारबाट एक युवक घाईते, तीन जना पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

कैलालीमा चक्कु प्रहारबाट एक युवक गम्भिर घाईते भएका छन् । लम्किचुहा नगरपालिका वडा नं. १ कुन्टिखेतका दिनेश नेपाली छिमेकको विवाहमा नाच गानको रमाइलो हेरिरहेको बेला अग्यात समुहको चक्कु प्रहारबाट उनी घाईते भएका हुन ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका नेपाली लम्कीस्थित अस्पतालमा उपचार हुन नसकेपछि कोहोलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनामा  संलग्न हरु मध्ये ललित ,खगेन्द्र ,महेश  ३ जनालाई प्रहरीले पक्राउ गरेको छ भने बाँकी प्ररार भएकाहरुको खोजीसँगै घटनाबारे  थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्