तीन महिनामा टेलिकमको आय पौने १० अर्ब



काठमाडौं, (नेस)  । 

नेपाल टेलिकमले चालू आवको तीन महिनाको अवधिमा १ अर्ब १३ करोड ९९ लाख ५४ हजार अर्थात १३ दशमलव २ प्रतिशतले वृद्धि भई ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपियाँ सञ्चालन आय गरेको छ ।

कम्पनीले गत आवको प्रथम त्रैमासिक अवधिमा ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार रुपिया“सञ्चालन आय गरेको थियो । त्यस्तै चालू आवको सोही अवधिमा कुल आय ८४ करोड ७८ लाख ७१ हजार अर्थात ८ दशमलव ३९ प्रतिशतले वृद्धि भई १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपियाँ गरेको छ।

त्यस्तै सोही अवधिमा खुद मुनाफा ७४ करोड २१ लाख ३४ हजार अर्थात ४८ दशमलव ९० प्रतिशतले वृद्धि भई २ अर्ब २५ करोड ९९ लाख ४ हजार रहेको ।

प्रतिक्रिया दिनुहोस्