डिशहोमका ग्राहकलाई निःशुल्क इन्टरनेट



काठमाडौं, (नेस)  ।

डिशहोमले ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएकोछ । कम्पनीले यसअघि बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबर नेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो । गत साउनदेखि रोकिएको योप्याकेज पुनःसञ्चालनमा ल्याइएको डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले बताउनुभयो ।

यसअन्तर्गत ग्राहकले एक महिनाका लागि ६ सय रूपियाँ (भ्याटसहित) मा डिश होम टिभीको रिचार्ज गर्दा १० एमबीपीएस गतिको इन्टरनेट निःशुल्क पाउनेछन् ।

त्यस्तै वार्षिक ग्राहकले मासिक साढे पाँचसय रुपियाँ (भ्याटसहित) मा डिशहोम रिचार्ज गर्दा निःशुल्क इन्टरनेट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्