अटोमोबाइल व्यवसायीमा चुनावी सारगर्मी



काठमाडौं, (नेस)  । 

अटोमोबाइल व्यवसायीहरूमा निर्वाचनको सारगर्मी शुरू भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आगामी नेतृत्वका लागि व्यवसायीहरू प्यानल बनाउन सक्रिए भएसँगै चुनावी रन्को शुरू भएको हो ।

अहिलेसम्म नाडाको आगामी नेतृत्वका लागि अध्यक्ष पदका दाबेदार करण चौधरी र ध्रुव थापा चुनावी मैदानमा उत्रिएका छन् । दुवैजनाले आगामी नेतृत्वका लागि प्यानल बनाउने कसरतमा रहेका छन् । साथै देशभर व्यावसायिक नेटवर्क भएका ठूला व्यापारिक घरानाको साथ खोज्दै छन् । नाडाको अध्यक्षका दाबेर करण चौधरी सुजुकी नेपालको आधिकारिक बिक्रेता तथा चौधरी ग्रुपअन्तर्गतको सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् भने ध्रुव थापा फोर्स मोटर्स नेपालको आधिकारिक बिक्रेता रहेका छन्। दुवै समूह अहिले देश दौडाहमा रहेको छ ।

करिब ३१ सय मतदाता रहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५औं साधारणसभा मंसिर २२ गते काठमाडौंमा हुँदै छ । मतदाताले अध्यक्षसहित १७ जनालाई भोट हाल्नुपर्ने छ । निर्वाचितमध्येबाट उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहितका पदाधिकारी चयन हुनेछन्।

प्रतिक्रिया दिनुहोस्