चोरी पैठारीको सामान बरामद



पर्सा, (नेस) ।

पर्साको वीरगञ्ज महानगरपालिका १६ स्थित सीमा इलाकाबाट कार्तिक २७ गते सशस्त्र प्रहरीले करिब १ लाख ३४ हजार रुपियाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रूपले दुई वटा ई–रिक्सामा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लिखित मूल्य बराबरको १२ वटा कम्प्युटरको मोनिटर तथा पेन्टिङ रंग सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

त्यसबेला उक्त सामान ल्याउन प्रयोग भएको दुईवटै रिक्सासमेत बरामद गरिएको हो ।

बरामद सामान तथा रिक्सा भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ । उक्त रिक्साको भन्सार दाखिला मूल्य ३ लाख ९० हजार रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्