मुस्ताङमा विद्यालयमाथि हिउँ पहिरो खस्दा शिक्षकसहित ८ विद्यार्थी घाइते (भिडिओ)



न्युज अफ नेपाल, मुस्ताङ।

आइतबार मुस्ताङको धवलागिरी हिम श्रृंखालाको माना पाथी पहाडमा हिउँ पहिरो गएको छ । लार्जङस्थित विद्यालय माथिबाट हिउँ पहिरो आएको देखेपछि भाग्दा एक जना शिक्षकसहित ८ जना विद्यार्थी घाइते छन्। रत्नदेवी तुलाचनको घर भत्किएको छ।

सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा आज बिहान ११ बजेर ४० मिनेटमा हिउँ पहिरो गएको हो।

हावाहुरी र हिउँ पहिरो आएको देखेपछि जनआदर्श अमरसिंह माविका शिक्षक तथा विद्यार्थी भाग्दा लडेर घाइते भएका हुन्।

भिडिओ : निशान तुलाचन

 

प्रतिक्रिया दिनुहोस्