ढाका प्रदर्शनी पुसमा



काठमाडौं, (नेस) ।

ढाका कपडा र यसबाट बनेका वस्तुको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी पुसको पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा पुस २, ३ र ४ गते प्रदर्शनी र सम्मेलन हुनेछ ।

विगतमा महासंघको पहलमा ढाका उद्यमी व्यवसायीको छाता संस्थाको रुपमा नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको केन्द्रीय तदर्थ समितिलाई व्यवस्थित ढंगले अगाडि बढाउन केही कठिनाई परेको विगतको अनुभवको आधारमा सो संघलाई पुर्नगठन समेत गर्नेगरी पुस २ गते देशभरका ढाका उद्योगी तथ व्यवसायीहरुको राजधानीमा भेला आयोजना गरिन लागेको हो ।

यस्तै पुस २ र ३ गते दोस्रो ढाका वस्तु प्रदर्शनी पनि आयोजना गर्ने गरी तयारी भइरहेको संघले जनाएको छ ।

अमेरिका, जापान, जर्मनी, क्यानडा, स्वीट्जरल्यान्ड, नेदरल्यान्डलगायतका देशहरुमा निकासी भई वैदेशिक व्यापार घाटा न्यूनीकरण र वैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पु¥याउँदै आउनुका साथै आयातित कपडालाई प्रतिस्थापन गर्न सहयोग पु¥याउँदै आएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताउनुभयो ।

देशकै यस्तो महत्वपूर्ण मौलिक उत्पादनका खास गरेर तीन वटा महत्वपूर्ण पाटाहरु रहेको भन्दै उहाँले भन्नुभयो–‘पहिलो स्वदेशी वजारमा व्यापकता प्रदान गर्दैै विदेशबाट आयात हुने कपडाको मात्रा न्यूनीकरणमा सहयोग पु¥याउनु, दोस्रो स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नु, ढाका वस्तु उत्पादन गरी बजारीकरण र त्यसको निकासीबाट उद्यमी तथा राष्ट्रलाई हुने लाभ र तेस्रो नेपाली मौलिक उत्पादनको विश्व बजारमा प्रचार, प्रसार र पहिचान एवम् प्रवद्र्धन हुन गई फेसन इण्डष्ट्रिमा परम्परागत र नवीन वस्तुको रुपमा स्थापित हुनु हो ।’

ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी तिनको निकासी गर्न सकिने अवस्था रहेको संघको भनाइ छ । अहिले पनि ढाका तथा ढाकाजन्य उत्पादनहरु निर्यात भइरहेका छन तर यस्ता निर्यात भएका ढाका उत्पादनहरुको लेखाजोखा र तथ्यांक राख्ने कार्य भने भएको देखिँदैन । देशभर पाँच हजारभन्दा बढी व्यवसायी रहेका छन् भने एक लाखभन्दा बढीलाई रोजगारी सिर्जना गरेको यस व्यवसायको प्रवद्र्धन र गुणस्तर अभिवृद्धिको क्षेत्रमा पनि प्रभावकारी प्रयास हुन जरुरी भएको छ ।’ संघका अध्यक्ष रमेश श्रेष्ठले भन्नुुभयो ।

प्रतिक्रिया दिनुहोस्