सामसुङ पहिलो विजेता सार्वजनिक



काठमाडौं,(नेस) ।

सामसुङ मोबाइलले ग्राहकलाई लक्षित गरेर नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म उपहार योजना सञ्चालन गरिरहेको छ । जुन उपहार योजनाअन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् । उपहार विजेताको घोषणा लक्की ड्रद्वारा गरिने यस योजनाको पहिलो लक्की ड्र भएको छ । लक्की ड्रमा नोभेम्बर १ तारिखदेखि ५ तारिखसम्मको अवधिलाई समेटिएको छ ।

उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसुङ मोबाइलवा ट्याब खरिद गर्ने ग्राहकले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइलवा ट्याबको सिरियल नम्बर पठाउनुपर्ने छ । लक्की ड्र कार्यक्रमलाई सामसुङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्