काठमाडौंमा छठको उल्लास (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

छठको मुख्य अर्थात् तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । अर्घ्य दिनका लागि काठमाडौँको गौरीघाटमा बाग्मती नदी झकिझकाउ पारिकएको थियो ।

भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गर्ने गरिन्छ ।

छठको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँस्थित गौरीघाटमा निर्माण गरिएको छठ घाटको अवलोकनका साथै पूजाअर्चना गरेकी थिइन् ।

तस्बिर : अनिल आङ्देम्बे

प्रतिक्रिया दिनुहोस्