अस्ट्रेलिया टोलीले पाकिस्तानमा खेल्ने



लन्डन, (एजेन्सी) ।

अस्ट्रेलिया क्रिकेट टोलीले आगामी वर्ष २०२२ को मार्च र अप्रिलमा पाकिस्तानको भ्रमण गर्नेछ । अस्ट्रेलिया टोलीले २४ वर्षमा पहिलोपटक पाकिस्तानको भ्रमण गर्न लागेको हो । अस्ट्रेलिया टोली त्यहाँ तीन टेस्ट, ३ वानडे र एक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । यी खेलहरू पाकिस्तानका तीन शहर कराँची, रावलपिन्डी र लाहोरमा हुनेछन् ।

अस्ट्रेलिया टोलीले पछिल्लोपटक १९९८ मा पाकिस्तानको यात्रा गरेको थियो । हालका प्रमुख कोच जस्टिन लेन्गर उक्त टोलीमा खेलाडीको रूपमा थिए । केही महिना अघि न्युजिल्यान्ड क्रिकेट टोलीले पाकिस्तानमै रहेको बेला सुरक्षाको कारण देखाइ भ्रमण रद्द गरेको थियो । त्यस्तै इंग्ल्यान्डको पुरुष र महिला क्रिकेट टोलीले पनि पाकिस्तानको भ्रमण रद्द गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्