माझीको हत्याप्रति भारतको गम्भीर ध्यानाकर्षण



इन्डिया न्युज नेटवर्क ।

पाकिस्तानी सामुद्रिक सुरक्षा निकायको जहाजले भारतीय माझीकोे डुंगामा गोली चलाउँदा एक भारतीय माझीकोे मृत्यु भएको छ भने अर्काे एकजना घाइते भएका छन् । यस बिना कारण भएको गोलाबारी घटनालाई भारतले गम्भीरताका साथ लिएको छ ।

भारतीय सरकारी स्रोतले भनेको छ, ‘हामी यो मुद्दा पाकिस्तान पक्षसँग कूटनीतिक रूपमा उठाउने छौं । यस विषयमा अनुसन्धान भइरहेको छ । थप विवरण समयमै आदान प्रदान गरिने छ ।’

यो घटना गुजरात तटको अरब सागरमा अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा नजिक भएको भारतीय तटरक्षक र गुजरात प्रहरीले छुट्टाछुट्टै विज्ञप्तिमा जनाएको छ । मृत्यु हुनेमा महाराष्ट्र पालाघर जिल्लाका ३२ वर्षीय श्रीधर चमार रहेका छन् । घाइते माझीको भने गुजरातको ओखास्थित अस्पतालमा उपचार भइरहेको छ ।

हाल पाकिस्तानको भारतसँग विभिन्न मुद्दामा विवाद भइरहेको छ । यसैबीच पाकिस्तानका एनएसए मोइद युसुफले नोभेम्बर महिनाको १० तारिखमा अफगानिस्तानमा हुने क्षेत्रीय सुरक्षा संवादमा भाग नलिने बताएका छन् । अर्कोतर्फ, श्रीनगर–शारजाह हवाइउडान अनुमति पनि फिर्ता लिइएको छ । यसैगरी अफगानिस्तानका लागि मानवीय सहयोग सामग्री बोकेका भारतीय ट्रकहरूलाई पहुँच निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्