मुस्लिम समुदायका कुर्बानकाे भाइटिका



नेपाली संस्कृति विश्वमै फरक छ । पछिल्ला समय नेपाली संस्कृतिमा विकृति भित्रिदैँ गइरहेको पनि छ । नेपालीले आफ्नो संस्कृति भुलिरहँदा मुस्लिम समुदायका एक युवाले भने नेपाली संस्कृति जोगाउनु पर्छ भन्दै भाइटिका लगाएउनुभएको छ ।

पोखरामा बसोबास गर्दै आइरहेका कुर्बान अलि खानले समाजमा सन्देश दिदै भाइटिका लगाउनुभएको हो । यसो त नेपाली संस्कृतिमा विदेशीहरु पनि रम्ने गरेका छन् ।

हिन्दु धर्मको मुख्य चार्ड दशै तिहार हो । पछिल्ला केही वर्षमा हिन्दुले मात्र नभएर अन्य धर्मका मानिसले पनि दशैं वा तिहारको टिका लगाउँदै आइरहेका छन् ।

चार्डपर्व कुनै धर्ममा मात्र सिमित नहुने भन्दै खानले टिका लगाएका हुन् । खानले पोखरा ७ मासबारकी अन्जु बरालबाट टिका लगाइदिनुभएको हो । खानले मुस्लीम धर्मले हिन्दुले जसरी टिका लगाउन नमिल्ने भएपनी नेपालमा भएपछी नेपाली संस्कृती जोगाउनको लागि आफुले टिका लगाएको बताउनुभयो । ‘हाम्रो धर्ममा अन्य धर्मको कार्य गर्न बन्देज छ । दशैँ, तिहार भनेको हिन्दु धर्मको मात्र होइन यो त समग्र नेपालीको चाड हो’ उनले भने ।

उनले मुस्लिम समुदायले टिका लगाउदा गलत नहुने भन्दै नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दशैँको टिका लगाएको उद्दहारण दिनुभयो । आगामी वर्षमा पनि निरन्तर टिका लगाउने खानले बताउनुभयो ।

‘हामी पहिला देखि नै बोलचाल गथ्र्यौ । चिनिराखेको दाई हुनुहुन्थ्यो । अनि बहिनी म टिका लगाउँछु भन्दा म अच्चम्ममा परेँ । दाई तपाइँको धर्म फेरी?? केहि हुदैँन बहिनी भन्नुभयो’ अन्जु बरालले भन्नुभयो । हामीले समाजलाई सन्देश दिनपर्छ भन्ने उहाँको तर्क थियो । उहाँले यो चाड हिन्दुको मात्रै होइन भन्ने सन्देश दिनुभयो बरालले भन्नुभयो । बरालले सुरुमा आफै छक्क परेको बताउँदै पर्वको संरक्षण आजको आवस्यकता रहेको सुनाउनुभयो ।

उता पश्चिमाञ्चल होटल संघ पोखराले तिहारको अवसरमा वर्षेनी भाइटिका महोत्वस गर्दै आइरहेको छ । उक्त महोत्सवमा २० विदेशी पर्यटकले टिका लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्