नेपाल समाचारपत्रका सहसम्पादक सम्मानित



काठमाडौं, (नेस)  ।

पत्रकारिताका माध्यमबाट नवीकरणीय ऊर्जाको विकास एवम् प्रवद्र्धनमा योगदान पुर्‍याएवापत नेपाल समाचारपत्रका सहसम्पादक एवम् आर्थिक समाचार ब्युरो प्रमुख राजु श्रेष्ठ सम्मानित हुनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५औँ बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले उहाँलाई सम्मान गर्नुभएको हो ।

उक्त अवसरमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेल, विद्युत् नियमन आयोगका सदस्य डा. रामप्रसाद धिताल, केन्द्रका पूर्वकार्यकारी निर्देशक डा. नारायण चौलागाईं, प्राडा जगन्नाथ प्रधान, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, काठमाडौं विश्वविद्यालयलगायत नवीकरणीय ऊर्जाका क्षेत्रमा योगदान पुर्‍याउने, निजी कम्पनी, प्रवद्र्धक, दातृ निकायलगायतलाई सममान गरिएको थियो ।

त्यस्तै मञ्चुका स्मृति अक्षय कोषद्वारा केन्द्रको समन्वयमा स्थापित ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार’ वीरगन्जको हस्क पावर नेपाल प्रालि, काठमाडौंको घाम पावर नेपाल प्रालि र पृसु इलेक्ट्रोनिक्स प्रालि रहेका छन् । उक्त पुरस्कार र कदरपत्रसहित प्रतिसंस्था २५ हजार रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्