स्वास्थ्यका लागि गाँजाको उपयोग



– डा. रामदेव पण्डित (आयुर्वेद चिकित्सक) तनावयुक्त जीवन र अव्यवस्थित तथा गुणस्तरहीन खानपानले आज धेरै यौनजोडीहरुले वैधानिकरुपमा पनि योजना गरेअनुसार यौन आनन्द लिन असमर्थ बनिरहेको पाइन्छ । धेरै पुरुषहरुलाई शीघ्र पतनको समस्याले मानसिकरुपमा विक्षिप्त बनाउने गरेको छ । मानसिक विक्षिप्तताले धेरै मानिस भावनात्मकरुपमा असन्तुलित बन्ने गर्छन्, जसले गर्दा समाजमा यौनजन्य हिंसा एवं अपराध घटाउने मनोवृत्ति बढेको देखिएको छ । यहाँसम्म कि दाम्पत्य जीवनबाट यौन सन्तुष्टि प्राप्त नहुँदा डिभोर्ससम्म हुने गर्दछ । यस समस्याको समाधानमा गाँजा सार्थक उपयोगी हुन सक्छ । आचार्य प्रियव्रत शर्माद्वारा लिखित आयुर्वेद जगतको प्रसिद्ध पुस्तक ‘द्रव्यगुण विज्ञान’ मा औषधीय वनस्पतिहरुको मदकारी समूहअन्तर्गत ‘भंगा’ शीर्षकमा गाँजाको बारे चर्चा गरिएको छ । जहाँ स्पष्टरुपमा गाँजाले शुक्रको स्तम्भन गर्दछ र गर्भाशयलाई तीव्ररुपमा संकुचित बनाउँछ भनिएको छ ।
शुक्र स्तम्भन भनेको सहवासका बेला शीघ्र स्खलन रोक्नु हो । गाँजाले सहवास काललाई लम्ब्याउँछ । यसरी यौनक्रीडामा संलग्नहरु पूर्णरुपमा आनन्दित र सन्तुष्ट बन्न सक्छन् । फलतः शुक्र सन्तुलित संख्यामा निस्कन्छ । नपुसंकता हटाउँछ । त्यस सबल प्रक्रियाबाट उत्पन्न हुने शुक्र गुणवान् र शक्तिशाली हुन्छ, जसले सुयोग्य सन्तान उत्पादन गर्न सम्भव बनाउँछ । सन् २००८ देखि २०१८ सम्म धुलिखेल अस्पतालको स्त्री तथा प्रसूति विभागमा मात्र ३,२३१ जना विवाहित दम्पतीले सन्तान प्राप्त गर्न असमर्थ भई परामर्श लिएको पाइएको छ । यो सोचनीय विषय हो । यस समस्याको समाधानमा गाँजा सहयोगी बन्न सक्छ । गर्भाशयलाई तीव्ररुपमा संकुचित बनाउँछ भन्नुको अर्थ योनिका मांसपेशीहरुलाई समेत संकुचित तुल्याउँछ । योनि संकुचित हुँदा लिंगले अपेक्षित घर्षण प्राप्त गर्दछ, जसले सहवास आनन्ददायी बन्छ । सामान्यतः लामो समयको नियमित सहवासले योनिको मांसपेशी शिथिल बनेको हुन्छ । बच्चाबच्ची पाएर योनि झनै खुकुलो बनेको हुन्छ । यसले गर्दा सहवासबाट जोडीलाई अपेक्षित आनन्द मिलिरहेको हुँदैन । गाँजाको सम्यक प्रयोगले उक्त समस्या धेरै हदसम्म हल हुन्छ ।
अनुसन्धानहरुले रक्सी र सुर्तीभन्दा गाँजा कम हानिकारक रहेको प्रमाणित गरेका छन् ।
शुक्रको स्तम्भन र गर्भाशयको तीव्र संकुचनले क्रीडाका बेला यौनजोडीको मस्तिष्कमा ‘डोपामाइन इफेक्ट’ ल्याउँछ । यसबाट सहवासमा रहेकाहरु भावनात्मकरुपमा घनिष्ट बन्छन् । मनमा शान्ति मिल्छ । फलतः हिंसात्मक मनोवृत्ति आउन पाउँदैन ।
अमेरिकामा हालसालै गरिएको एक अध्ययनले गाँजा सेवनपछि यौनसम्पर्क राख्दा बढी सन्तुष्टि महसुस भएको र यौनप्रति इच्छा अझै बढेको अध्ययनमा संलग्न महिलाहरुले बताएका थिए । त्यस्तै, यौनसम्पर्कको बेला बढी लुब्रिकेसन (तरलता) को महसुस हुनुका साथै पीडा पनि कम भएको उनीहरुको भनाइ थियो । यौनसम्पर्कभन्दा अगाडि मारिजुआना अर्थात् गाँजा सेवन गर्ने महिलाले गाँजाको प्रयोग नगर्ने महिलाको तुलनामा दुई गुणा अर्गाजम (चरम यौनसन्तुष्टि) प्राप्त गरेको बताएको भन्दै सेक्सुअल मेडिसिन नामक पत्रिकाले अध्ययन प्रतिवेदन प्रकाशित गरेको थियो । अमेरिकाको सेन्ट लुइसस्थित एकेडेमिक सेन्टरको एब्स्टेट्रिक्स र गाइनोकोलोजी विभागमा ३७३ महिलामा यो सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा १२७ जना अर्थात् ३४ प्रतिशत महिलाले यौनसम्पर्क शुरु गर्नुभन्दा अगाडि गाँजा सेवन गरेका थिए । अध्ययनमा विशेषतः महिलाको यौनजीवनमा सन्तुष्टि, यौन उत्तेजना, चरमोत्कर्ष, तरलता, यौनसम्पर्कको बेला हुने पीडा आदिसँग गाँजाको कस्तो सम्बन्ध रहन्छ भनी खोजी गर्ने कोशिश गरिएको थियो । अध्ययनमा संलग्न ५२ प्रतिशत महिलाले गाँजाको प्रयोग गरेका थिए भने १३ प्रतिशतले गाँजा सेवन गर्ने गरे पनि यौनसम्पर्कभन्दा अघि भने प्रयोग नगरेको बताएका थिए । नेपालमा कुनै बेला परम्परागतरूपमै गाँजाबाट बनाइएको आयुर्वेदिक औषधि प्रयोग हुन्थ्यो । आयुर्वेदमा ‘विजया’ भनिने गाँजाबाट निर्मित औषधि शीघ्र स्खलन, गर्भवती पुनस्र्थापना, अनिद्रा, नाकबाट पानी बग्ने, झाडापखाला, अत्यधिक पीडा, मानसिक रोगजस्ता समस्यामा प्रयोग हुने गरेको सिंहदरबार वैद्यखानाको अभिलेखमा देखिन्छ । बिरामी लठ्याउन वा पीडा कम गर्न ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नभएको त्यो बेला गाँजाकै प्रयोग गरिन्थ्यो । तर पछि गाँजा प्रतिबन्धित भएसँगै वैद्यखानाले पनि यस्ता औषधि उत्पादन गर्न छाड्यो । अनुसन्धानहरुले रक्सी र सुर्तीभन्दा गाँजा कम हानिकारक रहेको प्रमाणित गरेका छन् । रक्सी, चुरोटभन्दा गाँजा अम्मलकारी देखिएको छ । तर बजारमा रक्सी र सुर्ती खुल्ला र गाँजा प्रतिबन्धित छ । नेपालमा उत्पादित बहुगुणी गाँजा विश्वमै उत्कृष्ट मानिन्छ । परम्परागतरुपमा नेपाली समाजमा विभिन्न स्वरुपमा गाँजा प्रयोग हुँदै आएको पाइन्छ । यौनजीवनको सुधारका लागि अब बिस्कुट, कुकिज, क्यान्डी, अचार, चिया, जुस आदिमा पनि गाँजा मिसाएर प्रयोगमा ल्याउन सकिन्छ । गाँजाको तेल बनाएर अन्य तेल, क्रिमसँग मिसाई शरीर मसाज गर्न पनि सकिन्छ । युवा पुस्ताले अधिक मात्रामा सेवन गर्ने बियर एवं रक्सीमा समेत गाँजाको प्रयोग गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । औषधीय प्रभाव पाउनका लागि एकजना व्यक्तिले भाँग १२५ देखि २५० मि.ग्रा., गाँजा ६० देखि १२५ मि.ग्रा. र चरेस ३० मि.ग्रा. प्रतिदिन सेवन गर्न सक्छन् । तर त्यसभन्दा बढी मात्रा प्रयोग गर्दा त्यो दुरुपयोग वा दुव्र्यसन हुन्छ । गाँजाको हानिकारक वा विषालु प्रभावले आँखा र मस्तिष्कलाई प्रत्यक्षरुपमा क्षति पु¥याउँछ । अथर्ववेदको काण्ड ११, शुक्त ०८, ३१७७ मा गाँजालाई ५ पूज्य वनस्पतिको रुपमा उल्लेख गरिएको छ । जसले मानवको दुष्कर्मलाई काट्न सक्ने गुण बोकेको हुन्छ । तर हिजोआज गाँजाको दुव्र्यसनले धेरैको जीवन बर्बाद बनाएको मात्र सुन्न पाइन्छ । फलतः यसमा व्यापक औषधीय गुणहरु हुँदाहुँदै पनि यसलाई नशालु पदार्थ वा लागू पदार्थको रुपमा मात्र बुझिएको छ । नेपाली समाजका लागि गाँजाको सकारात्मक पक्षका बारेमा सचेतना अत्यन्तै न्यून मात्रामा पाइन्छ । गाँजा हतियारजस्तै हो, यसको सदुपयोगले रक्षा गर्दछ भने दुरुपयोगले घाइते बनाउँछ । छाडा बन्दै गएको आजको समाजमा गाँजा प्रतिबन्धलाई खुला गर्दा नियन्त्रण भने सम्यकरुपले गर्नु अनिवार्य हुनेछ । फाल्गुण पूर्णिमा/होली र शिवरात्रिमा गाँजालाई घोट्टा (दुधको परिकार) वा मिठाईमा राखेर खाने/खुवाउने चलन हिजोआज पनि व्यापकरुपमा छ । यौनजीवनलाई सन्तुलित एवं आनन्दित बनाउने गाँजा सेवनलाई जघन्य अपराध करार गरिनु नेपाली परम्परा, संस्कृति, सामाजिक मान्यता र आयुर्वेदिक विश्वासविरुद्ध पनि हो ।

प्रतिक्रिया दिनुहोस्