दोष कसको ?
बिरामीले औषधि गलत तरिकाले खानुको पछाडि, एउटा त पुर्जामा स्पष्ट नलेख्नु डाक्टरको दोष हो । अर्को दोष औषधि विक्रेताले चिकित्सकले लेखिदिएको जानकारी बिरामीलाई ठीक तरिकाले नदिनु वा दिन नसक्नु हो । अनि अर्को गल्ती बिरामी आफैँको पनि हुन्छ । सही तरिकाले औषधिको सेवन नगर्ने । विक्रेताले भनेको कुरा स्पष्ट नबुझ्ने वा बुझ्ने प्रयासै नगर्ने समस्या पनि छ । चिकित्सकले पुर्जामा लेखिदिएका कुराहरुको प्रस्ट जानकारी चिकित्सक वा औषधि विक्रेतासँग लिने प्रयास नै नगर्ने । औषधि कतिपटक खाने, कति मात्रामा खाने, कुन समयमा खाने र केसँग खाने ? यी सबै कुराका बारेमा चिकित्सक वा औषधि विक्रेताबाट जानकारी लिनु नै पर्छ । यसबारे बिरामी आफैँले पनि चासो राख्नुपर्छ । बिरामीले आफूखुशी नै पहिलेदेखि कुनै औषधि खाएको भए सोको जानकारी चिकित्सकलाई दिनुपर्छ र चिकित्सकले लेखिदिएको औषधिका बारेमा पनि सोधपुछ गरी प्रस्ट हुनुपर्छ । औषधिका बारेमा सवै कुरा नबुझिएमा फेरि एकपटक औषधि विक्रेतासँग सोधेर जानकारी लिनुपर्छ । जे दियो त्यही औषधि लुरुलुरु खानु भन्दा शंका लागेका कुरा सोधेर प्रस्ट भएपछि नै औषधि खानु ठीक हुन्छ ।बिरामीले औषधि गलत तरिकाले खानुको पछाडि, एउटा त पुर्जामा स्पष्ट नलेख्नु डाक्टरको दोष हो ।