कोका–कोलाले फ्रन्टलाइन हिरोहरूलाई दियो सम्मान



काठमाडौं (नेस) ।

‘धन्यवाद’ थिमको दशैं अभियानको एक हिस्साको रूपमा कोका–कोलाले कोभिड–१९ को समयमा खटिएका स्वास्थ्य सेवा क्षेत्र र गैरसरकारी संस्था जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरूलाई समर्पित गरेर यसको अनग्राउन्ड एक्टिभेसन गर्दै आइरहेको छ ।

आफ्नो अनग्राउन्ड एक्टिभेसनको आधा मार्ग पूरा गर्दै, कोका–कोलाले पाटन अस्पताल र वीर अस्पताल जस्ता दुई ठूला कोभिड–१९ अस्पतालहरू र विभिन्न गैरसरकारी संस्थाहरू आरएनए–१६, अभ्नी भेन्चर, डोको रिसाइक्लर्स, ब्लु वेस्ट २ भ्यालु र सानो पाइलामा आफ्नो पहुँच पु¥याएको छ ।

कोका–कोलाले अग्रपंक्तिका नायकहरूसँग संलग्न रहेर ‘धन्यवाद’ उपहार बक्सलाई बाँड्दै आइरहेको छ । जसमा व्यक्तिगत कोकको बोतलका साथै कोका–कोलाको कन्टुर ग्लास समावेश रहेको छ ।

कोका–कोलाका ब्रान्ड एम्बेसेडर स्वस्तिमा खड्काले वीर अस्पतालमा भएको कार्यक्रममा स्वास्थ्य सेवाका अग्रपंक्तिमा कार्यरत कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्नका लागि सहभागी हुनुभएको थियो ।

वीर अस्पतालका प्राध्यापक डा. भूपेन्द्रकुमार बस्नेतले भन्नुभयो–‘कोभिड–१९ को दोस्रो लहरको समयमा हामीले दैनिक ३ सय ५० कोभिड बिरामीलाई सेवा प्रदान गथ्र्यौं जसमा हाम्रा नर्स, क्लिनर, वार्ड टिम र डाक्टरहरू सबैले निडर भएर काम गरे र हामीले त्यो संकटलाई जित्यौं ।

महामारीको अग्रपंक्तिमा रहेका कामदारहरूप्रति कृतज्ञता बाँड्ने कोका–कोलाको धन्यवाद अभियानले हामीलाई धेरै सम्मानित महसुस गराएको छ । यसले हामीलाई अझै यस्तो कार्यमा अघि बढ्न उत्प्रेरना प्रदान गरेको छ । यसका लागि म कोका–कोलालाई धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँले भन्नुभयो ।

अभियानको बारेमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयोे–‘विगत डेढ वर्ष हाम्रो लागि कठिन रहेको छ तर हाम्रो फ्रन्टलाइन कामदारको मद्दतले गर्दा हामीले सम्भव नहुने चुनौतीहरू पनि पार गर्दै आएका छौं जसले हामीलाई बलियोे बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्