सामसङको नयाँ फोल्डेबल फोनको माग अध्यधिक



काठमाडौं (नेस) ।

सामसङको नयाँ फोल्डेबल फोनले नेपालमा नोट सिरिजको बिक्रीलाई उछिनेको छ ।

हालै लन्च गरिएका सामसङ ग्यालेक्सी जेड फोल्ड–३ र जेड फिलिप–३ स्मार्ट फोनले नेपालमा छोटो अवधिमा नै कीर्तिमानी कमाएका हुन् । एउटा सानो पर्सको आकारमा आएका यी फोनहरू धेरै बिक्रेता, उद्यगी व्यवसायी एवं प्रयोगकर्ताको मन जित्न सफल भएका हुन् ।

सामसङ ग्यालेक्सी जेड फोल्ड–३ र जेड फिलिप–३ स्मार्ट फोनको बिक्री शुरुआत भइसकेपछि यिनको बिक्रीले यसअघि नेपालमा सर्वाधिक बिक्री हुँदै आएका सामसङ ग्यालेक्सी नोट सिरिजका फोनको बिक्रीलाई समेत उछिनेको छ ।

सामसङ ग्यालेक्सी जेड फोल्ड–३ र जेड फिलिप–३ स्मार्ट फोनका बिक्रेता र खुद्रा बिक्रेताले अहिले यी फोनको मागसमेत धान्न नसक्ने अवस्था आइसकेको बताएका छन् । उनीहरूले यी फोन प्रयोग गर्न चाहनेहरूलार्ई केही समय धैर्य गर्नसमेत आग्रह गरेका छन।

प्रतिक्रिया दिनुहोस्