चित्रकथा “भुत्ले खुट्टा”प्रकाशित



काठमाडौं ।

इन्ग्रिड सावेयको लेखन र विहोजेय दुलापोख्टको चित्राङ्कन रहेको “भुत्ले खुट्टा” शिर्षकको चित्रकथा प्रकाशित भएको छ। कथालय इन्क द्वारा प्रकाशित यो पुस्तकको नेपाली अनुवाद बिनोद भण्डारीले गरेका छन् । भुत्ले खुट्टा एउटा भ्यागुताको कथा हो । जसको नाम जमुना हुन्छ ।

जमुना अरु भ्यागुता जस्तो हुँदैन किनकी उसको पन्जामा रौँ हुन्छ। आफ्ना भुत्लाका कारण जमुना दिक्क हुन्छिन्। त्यसैले ऊ टीका टीका परेको मोजा र बजारमा सबैभन्दा चलेको जुत्ता लगाएर हिँडछे। तैपनि उसलाई थाहा हुन्छ कि उसको नहुनु पर्ने ठाँउमा भुत्ला छ।

यस पुस्तकहरुको विस्तृत विवरण यसै इमेलमा संलग्न प्रेस रिलिजमारहेको छ। यसको जानकारी आम पाठकलाई यहाँको मिडिया मार्फत् गराइ सहयोग गरीदिनुहुन हार्दिक अनुरोध गर्दछु।

प्रतिक्रिया दिनुहोस्