पानीको फोहोराबाट बोसो हटाउने प्रविधि नेपाल भित्रियो



काठमाडौँ, नेपाल समाचारपत्र ।

नेपालमा पहिलोपटक बालुवाटारस्थित हेल्दी च्वाइस क्लिनिकमा विश्वकै पहिलो पानीको फोहोरा प्रयोग गरी पेट, कम्मर, तिघ्रा, हात वा घाँटीबाट बोसो हटाउने प्रविधि (लिपोसक्सन) सञ्चालनमा आएको छ ।

सो प्रविधि विश्वभरका प्रसिद्ध उपकरणहरूको मेडिकल उपकरण आपूर्तिकर्ता ‘द मल्ल इङ्क’ ले ल्याएको हो ।

लिपोसक्सन एक सर्जिकल प्रक्रिया हो जसले शरीरका पेट, कम्मर, तिघ्रा, हात, घाँटीजस्ता अन्य अंगहरूबाट बोसो हटाउन सक्सन प्रविधि प्रयोग गर्ने गर्दछ । र यो नयाँ प्रविधिले बोसो हटाउन पानीको निरन्तर प्रवाहको प्रयोग गर्ने गर्दछ ।

‘यस बडी–जेट प्रविधि प्रयोग गरेर शरीरका अंगहरूबाट बोसो हटाउने प्रक्रियामा दुई घण्टामा सुरक्षित, प्रभावकारी र सजिलो तरिकाले पूरा हुन्छ ।’ हेल्दी च्वाइस क्लिनिकका डा. उदिप श्रेष्ठले भन्नुभयो–‘यस केन्द्रमा प्रयोग हुने विश्वका उत्कृष्ट उपकरणहरूले उच्च दक्षता सुनिश्चित गर्दछ र पेट, कम्मर, भित्री तिघ्रा, बाहिरी तिघ्रा, घुँडा, बाछो, पीठ, हात, चिनजस्ता अंगहरूबाट धेरै मात्रामा बोसो हटाउन मद्दत गर्छ ।

‘यो जर्मन प्रविधिबाट बनेको उपकरण हो र यसले पहिलेको प्रविधिभन्दा राम्रो परिणाम दिन्छ । अल्ट्रासोनिकजस्ता अन्य प्रविधिले बोसो पगाल्नका लागि धेरै उच्च गतिमा कम्पन हुने सुइको प्रयोग गर्दछ ।

यसले तातोपन उत्पन्न गर्छ र छालालाई जलाउन सक्छ । तर, यस बडी–जेट प्रविधिले तातोपन उत्पन्न गर्दैन र छालालाई पनि जलाउँदैन । वाटर–जेटको प्रवाह मिलाउन सक्ने हुनाले रक्तश्रापलाई पनि कम गर्दछ र घाउ हुना साथ शरीरको अंगलाई सुन्निन कम गर्छ । त्यसैले, यसले उपचार पाइरहेको व्यक्तिको लागि उच्चतम सुरक्षा, आराम र दक्षताको ग्यारेन्टी गर्दछ ‘द मल्ल इङ्क’का प्रबन्ध निर्देशक सजल मल्ल बताउनुहुन्छ ।

‘द मल्ल इङ्क’ नेपालमा लेजर प्रविधि भित्र्याउने मुख्य आपूर्तिकर्ता हो र यस कम्पनी अल्मा लेजर नामक विश्वकै अग्रणी स्थानमा रहेको लेजर प्रविधि कम्पनीको नेपालका लागि एक मात्र आयातकर्ता हो । ‘द मल्ल ग्रुप’ यस क्षेत्रमा बिगत २८ वर्षदेखि सक्रिय छ ।

क्लिनिकका स्वास्थ्यकर्मीहरूलाई भारतका डाक्टर सन्दिप जैनले प्रशिक्षण दिनुभएको हो ।

उनीले शल्यक्रियामा स्नातकोत्तर डिग्री हासिल गरेका छन् र विगत आठ वर्षभन्दा बढी समयदेखि यस प्रविधिबाट सेवा प्रदान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्