प्रोटोनले ल्यायो विशेष योजना



काठमाडौं (नेस) ।

जगदम्बा मोटर्स, प्रोटोनको एक मात्र आधिकारिक बिक्रेताले नेपालमै पहिलो र उत्कृष्ट ‘विशेष ०.९९ प्रतिशत’ योजना सार्वजनिक गरेको छ ।

०.९९ प्रतिशत ब्याजदर योजनाका साथै अन्य थुप्रै ब्याजदरको विकल्पसमेत यस योजनामा समावेश गरिएको छ । यो योजना २४ असोज गतेबाट शुरू भएर चाडपर्वको मौसम जारी रहुन्जेलसम्म निरन्तर रहने कम्पनीले जनाएको छ ।

नेपालमा बैंकको ब्याजदरमा उतारचढाव भइरहेको अवस्थामा पनि यस योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स–७० मात्र ०.९९ प्रतिशत ब्याजदरमा पÞmाइनान्स गरेर खरिद गर्न सक्नेछन् । उचित कागजपत्र बुझाएको ४८ घन्टामै ग्राहकहरूले आफूले रोजेको प्रोटोन गाडी खरिद गर्न सक्ने कम्पनीले दाबी गरेको छ ।

प्रोटोन ‘विशेष’ योजना बाहेक ग्राहकहरूले अन्य आकर्षक २.९ प्रतिशत, ५.९ प्रतिशत, ८.९९ प्रतिशत र ११ प्रतिशत ब्याजदरमा पनि फाइनान्सिङको योजनाहरू पाउन सक्नेछन् जसअन्तर्गत ब्याजअनुसारको किस्ताबन्दीको सुविधा रहेको छ ।

यी योजनाहरू सीमित अवधिका लागि मात्र लागू हुनेछन् । किस्ताबन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुपअन्तर्गतको जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्ट प्रालिले इन–हाउस पÞmाइनेन्सिङ्गको सुविधा प्रदान गर्दै आइरहेको छ ।

विशेष ०.९९ प्रतिशत अफर समायोजन नगरी प्रोटोन सागाको शुरुवाती मूल्य ३७लाख ९९ हजार राखिएको छ भने प्रोटोन एक्स ७० को सुरुवाती मूल्य ८६ लाख ९९ हजार तोकिएको छ भने यस योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्