सोनी इन्डिया र टेलिनेटबीच सम्झौता



काठमाडौं (नेस) ।

सोनी पिक्चर्स नेटवक्र्स इन्डियाको लोकप्रिय ओटीटी प्लाटफर्म, सोनी लाइभले टेलिनेट प्रालिसँग नेपालमा सब्सक्रिप्सन वितरण गरी सहजै उपभोक्तालाई स्थानीय बिलिङ च्यानलमार्फत भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

यो ओटीटी प्लाटफर्म आईओएस, एन्ड्रोइड र वेबमा उपलब्ध छन् र यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र प्रिमियम सामग्रीहरूको ठूलो भण्डार समावेश रहेको छ ।

नेपालमा पहिलोपटक विश्वविख्यात अनडिमान्ड ओटीटी प्लाटफर्म सोनी लाइभलेले टेलिनेट प्रालिसँग मिलेर आफ्नो सेवा विस्तार गरेको हो ।

यो एक आधिकारिक वितरक पुनः विक्रेता हो । सोनी लाइभका सब्सक्राइबरहरूले वेबसिरिज, चलचित्र, अन्तर्राष्ट्रिय सामग्री, विशिष्ट खेलकुद सामग्री, आदि यही प्लेटफर्म मार्फत हेर्न सक्नेछन् । प्रयोगकर्ताहरूले यी सामग्रीहरू मोबाइल डिभाइसमा साथै टिभीमा हेर्न सक्ने छन् भने पनि सदस्यले ५ वटासम्म प्रोफाइल बनाउन पाउनेछन् ।

रमेश कर्पको इकाई टेलिनेट प्रालि नेपालमा स्थापित आइटी कम्पनी हो जसले टेलिकम अपरेटरलाई थप सुविधाका साथै एप्लिकेसन डेभलपमेन्ट, क्लाउड कम्पयुटिङ, एमहेल्थ र नेपालमा एसएमएस र टेलिभोटिङ प्लाटफर्ममा उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्