सबैभन्दा बढी रोजगारी दिने कम्पनीमा सामसङ पहिलो



काठमाडौं (नेस) ।

विश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीको पहिलो नम्बरमा सामसङ इलेक्ट्रोनिक्स परेको छ ।

विश्वप्रसिद्ध पत्रिका फोब्र्सले हालै सार्वजनिक गरेको एक रिपोर्टअनुसार छनोटमा परेका ७ सय ५० कम्पनीलाई उछिन्दै दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफूलाई पहिलो नम्बरमा उभ्याउन सफल भएको छ ।

छनोटमा परेका विभिन्न ७ सय ५० कम्पनीमध्ये शीर्ष २० कम्पनीको प्रतिस्पर्धामा सामसङ अगाडि आउन सफल भएको हो ।

फोब्र्सले वर्षेनी सार्वजनिक गर्ने आफ्नो विभिन्न विधाको अध्ययनमा दक्षिण कोरियाली कम्पनी सामसङले वर्षेनी आफ्नो अग्रस्थान कायम गर्दै आएको छ ।

फोब्र्सको छनोटमा परेका शीर्ष २० कम्पनीहरूमा सामसङ पछि दोस्रो स्थान आईबीएमले लिन सफल भएको छ । यस्तै, तेस्रोमा माइक्रोसफ्ट, त्यसपछि क्रमशः एमेजोन, एप्पल, अल्फाबेट, डेल, हुवावे, एडोव, बीएमडब्लु, कोस्टको, कोकाकोला, सिस्को, एडिडास, सिमेन्स, साउथवेस्ट एयरलाइन्स, एयरबस, डा.वेइटेकर, डेसल्ट र डेल्टा कम्पनी परेका छन् ।

कोरोना महामारिका कारण विश्व बजार नै अप्ठ्यारोमा परेका बेलासमेत सामसङले आफूलाई विश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीको पहिलो नम्बरमा राख्न सक्नुलाई महत्वका साथ हेरिएको छ ।

नेपालमा पनि दक्षिण कोरियाली इलेक्टङोनिक्स कम्पनी सामसङको महत्वपूर्ण हिस्सा रहेको छ । पछिल्लो समयमा यसका प्रयोगकर्ता बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्