लमजुङ केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प



न्युज अफ नेपाल, काठमाडौँ । 

लमजुङ केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प महसुस भएको छ । सोमबार राती ८ बजेर ३० मिनेटमा मर्स्याङ्दी ३ खुदी केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

भूकम्पको धक्का गोरखा, तनहुँ र कास्कीसम्म महसुस भएको थियो । उक्त कम्पन २०७२ वैशाख १२ गतेकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्