अनन्याको घरमा पनि मारियो छापा



बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा भारतको नारकोटिक्स कन्ट्रोल ब्युरोले छापा मारेको छ। लागुऔषधसम्बन्धी अनुुसन्धानको दायरा बढाउने क्रममा एनसीबी टिमले हालै मुम्बईस्थित उनको घरमा छापा मारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचारअनुसार एनसीबी टिमले अनन्याको घरबाट केही सामानसमेत लगेको छ। एनसीबीले अनन्यालाई सोधपुछका लागि बोलाएको थियो भने पछि उनको घरमा छापा मारेको हो। गत अक्टोबर ३ मा सामूहिक लागुऔषध मामलामा छापामारीपछि बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानसहित ८ जनालार्ई एनसीबीले गिरफ्तार गरेर हिरासतमा लिएको थियो।

गत बुधबार मुम्बईको विशेष अदालतले आर्यनको जमानत अर्जीसमेत खारेज गरेको छ भने हाल उनी मुम्बस्थित आर्थर रोड जेलमा रहेका छन्। आर्यनको च्याट बक्समा अनन्या र आर्यनबीच नशाको बारेमा भएको कुराकानीलाई आधार मानेर अनुसन्धानको क्रममा बलिउड अभिनेता चंकी पाण्डेको छोरीसमेत रहेकी अनन्याको घरमा छापा मारेको हो। करण जोहरको फिल्म स्टुडेन्ट अफ द इयर–२ मार्फत बलिउडमा डेब्यु गरेकी अनन्या बलिउडकी उदीयमान अभिनेत्री हुन्।

प्रतिक्रिया दिनुहोस्