हत्यारा नर्सलाई मृत्युदण्डको माग



ह्युस्टन, (एजेन्सी) ।

अमेरिकाको टेक्सासस्थित एक अदालतले एकजना नर्सलाई टेक्सास हस्पिटलका चार जना बिरामीको हत्या गरेको आरोपमा दोषी ठहराएको छ । सरकारी वकिलहरूले विलियम जर्ज डेभिस नामक पुरुष नर्सले मुटुको शल्यक्रियापछि ती बिरामीका मुटुका धमनीमा हावाको इन्जेक्सन दिएर हत्या गरेको बताएका छन् ।

बुधबार नै उनलाई के सजाय दिने भन्नेबारे अदालतमा सुनुवाइ हुने बताइएको छ । वकिलहरूले उनलाई मृत्युदण्ड नै दिइनुपर्ने दबाब दिइरहेका छन् । वकिले ज्याकोव पुटम्यानले अस्पताल एक सिरियल किलर लुक्ने स्थान सावित भएको प्रतिक्रिया दिएका छन् ।

सन् २०१७ देखि २०१८ बीच डेभिसले जोह्न टेक्सासको टाइलरस्थित क्रिस्टस ट्रिनिटी मडर फ्रान्सेस हस्पिटलमा ल्याफर्टी, रोनाल्ड क्लार्क, क्रिस्टोफर ग्रिनवे र जोसेफ क्यालिना नामक बिरामीलाई त्यसरी हत्या गरेका थिए । ती सबै बिरामीमा शल्यक्रियापछि अचानक स्नायु प्रणालीमा आएको गडबडीकै कारण तिनीहरूको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्