उर्फी जावेद फेरी भइन ट्रोलको सिकार



काठमाडौ (एजेन्सी) । अभिनेत्री र इन्स्टाग्रामर उर्फी जावेद सामाजिक सन्जालमा पछिल्लो समयमा धेरै सक्रिय छिन् । वास्तवमा उनी आफ्नो अनौठो शैलीका कारण चर्चामा सधै रहने गरेकी छिन ।
हालै उनी फेरि एकपटक आफ्नो पहिरनका कारण ट्रोलको निशानामा परेकी छिन ।
उर्फी जावेद मुम्बईमा एक रेस्टुरेन्ट बाहिर देखिएकी थिइन । यस क्रममा उनले नीलो स्लिप ड्रेस लगाएकी थिइन् । कपाल खुला र नग्न मेक अपमा उनी सार्वजनिक भएपछि ट्रोलको सिकार बनेकी थिइन ।
उर्फी जावेदको यो पोशाक कम्मरदेखि तल झरेको थियो।
कम्मरमा कलर काटिएको थियो । यो पोशाक उर्फी जावेदलाई निकै सुहाएको थियो । उनी साथीहरु संग खाना खानको लागि उक्त रेस्टुरेन्टमा पुगेकी थिइन ।
उर्फी जावेदको यो पहिरन देखेर समाजिक संन्जाल प्रयोगकर्ताहरु फेरी आक्रोशित भएका छन् । उनीहरु भन्छन् यो लुगा किन लगाउँछिन यार ।
उर्फी जावेद सामाजिक सन्जाल प्रयोगकर्ताको निशानामा परेको यो पहिलो पटक भने होइन । यसअघि पनि उनी आफ्नो कपडाको कारण ट्रोल भएकी थिइन ।
तर, उर्फी जावेदलाई यी सबै कुरामा कुनै आपत्ति छैन । उनी आफूलाई कसरी अगाडि बढ्नु पर्दछ भन्ने राम्रोसंग थाहा छ ।
ट्रोलकर्ताहरुलार्ई उचित जवाफ दिँदै एक साक्षात्कारमा जावेदले भनेकी थिइन् मैले चाहाने हो भने म बिना कपडा एयरपोर्ट जान सक्ने थिए ।

प्रतिक्रिया दिनुहोस्