काइलीको अनौठो फोटोसुट



हलिउड टेलिभिजन स्टार एवम् मोडल काइली जेनर हालै गरेको अनौठो किसिमको नग्न फोटोशुटका कारण चर्चामा छिन्।

काइलीले हालै सामाजिक सञ्जालमा आफ्नो केही फोटो सेयर गरेकी छिन्, जसमा उनी पूर्णरुपमा नग्न अवस्थामा देखिएकी छिन्। गोप्य अंग भने हातले छोपिएको अवस्थामा गरिएको फोटोमा आश्चर्यको कुरा त के छ भने उनको शरीरभरि रगत लतपतिएको छ। आफ्नो नयाँ कस्मेटिक सामग्रीको प्रचारका लागि उनले गरेको यस किसिमको फोटोशुट बाहिरिएपछि उनको फोटोलाई धेरैले टझोल बनाएका छन्।

हाल गर्भवती रहेकी काइलीको गर्भावस्थामा आएको यस्तो खालको फोटोशुटलाई धेरै फ्यानले मन पराएका छैनन्। २४ वर्षीया काइलीको तीन वर्षकी छोरी छिन् भने टझेविस स्कटको साथ प्रेम सम्बन्धमा रहेकी उनी छिद्मै दोस्रो सन्तानकी आमा बन्दै छिन्।

इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिएका संसारभरको सेलिब्रेटीमध्ये सातौं नम्बरमा पर्ने काइली एक कुशल व्यवसायी पनि हुन्। सन २०१८ मा फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई समेत पछाडि पार्दै उनी दुनियाँ भरको अर्बपति युवाको पहिलो नम्बरमा परेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्