कपिलवस्तुको झाडापखाला नियन्त्रणमा



नेपाल समाचारपत्र, काठमाडौं ।

स्वास्थ्य मन्त्रालयले कपिलबस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रणमा आएको जनाएको छ । असोज १८ गते देखि फैलिएको झाडापखालाको कारण चार जनाको मृत्यु भएको छ भने २५ जनाको उपचार भैरहेको छ ।

स्वास्थ मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए अनुसार कृष्णनगर नगरपालिकाको वडा नं ७, ८ र ९ मा फैलिएको झाडापखालाका विरामी मध्य ८ सय १९ जना विरामीको शिवराज अस्पतालमा उपचार गरिएको थियो । सो अस्पतालबाट थप उपचारका लागि कपिलबस्तु अस्पताल र बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको ४१ जना विरामी पनि निको भै घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

झाडापखाला र वान्ताका कारण एक ४५ वर्षिय पुरुषको घरमै, एक सात विर्षया बालिकाको निजी क्लिनिकमा र एक पाच वर्षिया बालिका र एक दुई वर्षिय बालकको अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो । झाडापखाला फैलिए लगत्तै १८ गते नै स्थानिय स्वास्थ्यकर्मी परिचालन गरिएको थियो भने २१ गते देखि केन्द्रबाट पनि स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।

झाडापखाला फैलिएपछि विश्व स्वास्थ्य संगठनको समन्वयनमा विरामीहरुको दिसाका नमुना संकलन गरि जाचपर्ताल गरिएको थियो । चारवटा दिसाको नमुनामा कमजोर खालको हैजा देखिएको थियो भने पानिको १५ वटा नमुना परिक्षण गर्दा ब्याक्टेरिया देखिएको थियो ।

झाडापखाला लाग्दा शरिरको पानि खेर जाने हुनाले जल विनियोजन भएर मृत्यु समेत हुन सक्ने भएकोले एक लिटर सफा पानिमा एक पाकेट जिवनजल घोलेर पटक पटक खुवाउनु पर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै सरसफाईमा विशेष ध्यान दिने, पानि उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउने, बासि सडेगलेको खाना नखाने, राम्ररी पाकेको खाना मात्र खाने, खुला रुपमा दिसा पिसाब नगर्ने, दिसा पिसाब गरिसकेपछि राम्रती हात धुने जस्ता क्रियाकलापले झाडापखाला रोक्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्